बिहीबार, वैशाख १३, २०८१

सातामा १० अर्ब २८ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८० जेठ २६ गते १०:५४

काठमाडौं । यो साता नेप्से १९ सय ३९ दशमलव ६१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६४ दशमलव ४२ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा यो साता दुुई सय ७७ वटा कम्पनीहरुको एक लाख ८८ हजार छ सय ७९ पटकको कारोबारमा दुई करोड ८२ लाख २२ हजार नौं सय नौं कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब २८ करोड ५५ लाख ४८ हजार आठ सय ७६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा दुई अर्ब रुपैंयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ७५ वटा कम्पनीहरुको एक लाख ५५ हजार एक सय १० पटकको कारोबारमा दुई करोड ८९ लाख ८८ हजार सात सय तीन कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब ९५ करोड ११ लाख छ हजार ३६ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेकोमा दोस्रो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से लगातार बढेको थियो ।

जसमध्ये पहिलो दिन ५३ दशमलव शुन्य तीन अंकले बढेर १९ सय १९ दशमलव ३७ अंकमा पुग्न सफल भएको नेप्से पाँचौं दिन सात दशमलव २७ अंकले बढेर १९ सय ३९ दशमलव ६१ पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा दोस्रो दिन नेप्से घटेपनि बाँकी दिनहरुमा भने नेप्से बढेको थियो ।

यसैगरी पहिलो दिन नौं दशमलव ४९ अंकले बढेर तीन सय ६५ दशमलव १० चढेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन भने एक दशमलव शुन्य पाँच अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा खुम्चिन पुगेको थियो । यि बाहेकका दिनहरुमा दोस्रो दिन सेन्सिटिभ इन्डेक्स घटेपनि बाँकी दिनहरुमा भने बढेको थियो ।

कारोबार भएका मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया