डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

नेपालखोज २०८० जेठ २६ गते १२:३३

चितवन । नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ ।

पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

महासचिव लक्ष्मीदेवी रावलका अनुसार महाधिवेशनमा देशभर ८८ इकाईका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय एक जना प्रतिनिधि सहभागी हुनेछन् । अहिले देशभरबाट प्रतिनिधि आउनेक्रम जारी छ ।

प्रतिक्रिया