बिहीबार, वैशाख १३, २०८१

राष्ट्र बैंक भन्याे- वर्तमान सञ्चितीले नौ महिनाको वस्तु तथा सेवा आयात धानिन्छ

नेपालखोज २०८० जेठ २६ गते १८:३०

काठमाडौं । मुलुकमा पछिल्लो समय विदेशी मुद्राको सञ्चिती बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वतर्मान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको १० महिनाको प्रतिवेदन अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २० दशमलव नौं प्रतिशतले बढेर २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७ दशमलव छ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४ दशमलव एक प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा शुन्य दशमलव दुई प्रतिशतले वृद्धि भई एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । २०८० वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिना दुई दिनको वस्तु आयात र नौं महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७ दशमलव तीन प्रतिशत, ८० दशमलव सात प्रतिशत र २५ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४ दशमलव छ प्रतिशत, ५७ दशमलग आठ प्रतिशत र २२ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया