बुधबार, वैशाख १२, २०८१

मुटु स्वस्थ राख्न खानुपर्ने खानेकुरा

डा. हेमराज कोइराला २०८० जेठ २७ गते ७:१०

मुटु तथा रक्तनलीको रोग लागेर विश्वभर प्रत्येक वर्ष १ करोड ७७ लाख मानिसहरूले अकालमा ज्यान गुमाउने गरेका छन् । यो संख्या संसारभर मर्ने मनिसहरूको झण्डै ३१ प्रतिशत हिस्सा हो । यति धेरै मानिसहरू प्रत्येक वर्ष मार्ने यो रोगको रोकथाम, नियन्त्रण, उपचार र पुनःस्र्थापनामा खरबौ रूपैया खर्च पनि हुनेगरेको छ । अप्रत्यासीत रूपमा अपरझट हुने र अधिकांशको घटना स्थलमै मृत्यु हुने भएता पनि यो रोगको पछाडी अथेरोस्क्लेरोसिस भनिने रोग जिम्मेवार छ । यसर्थ अथेरोस्क्लेरोसीसको कारक तत्वहरूलाई हटाउन सके यो रोगलाई उल्ट्याउन सकिन्छ ।

के हो अथेरो स्क्लेरोसीस ?

रक्तनली भित्र बोसो, कोलेस्टेरोल, क्यालसियम र अन्य तत्वहरूको प्लाक बनेर रक्तनली साघु¥याउने रोगलाई अथेरोस्क्लेरोसिस भनिन्छ । यसरी नशाभित्रै प्लाक बनेर रक्तनली साधु¥याउनुमा मुख्यतः रक्तचिल्लोको गडबढी, खानपान शैली, मधुमेह, उच्च रक्तचाप, तनाव, चिन्ता, धूम्रपान, मद्यपान, माटोपन, खानामा रेशा एवं चोकरको कमी, एण्टिअक्सिडेण्ट, भीटामिन एवं मिनरल नभएको खानेकुरा र निस्क्रिय जीवन आदि पर्दछन्। यो रोग धेरै वटा कारक तत्वहरूका कारणले लाग्ने भएतापनि रोगको ५० प्रतिशत कारक खराव खानपान एवं गलत आहार विहार हो। प्राकृतिक खानेकुराको सेवन, प्रशोधित र परिस्कृत खानेकुराको त्याग र धूम्रपान एवं मद्यपानको त्याग एवं सन्तुलित भोजन साथै उच्चरक्तचाप, मधुमेह, तनाव आदि रोग मैत्री खानेकुरा द्वारा पनि यो रोगलाई धेरै हद सम्म लगाम लगाउन सकिन्छ ।

मुटुरोगमा के के खाने ?

हरियो सागपातः चम्सुर, पालुङ्गो, लूडे, लट्टे, बेथे, सलादपत्ता, रायो, तोरी, फर्सीको मुन्टा जस्ता हरियो सागपातहरू मुटुरोगका लागि अत्यन्त लाभदायक खानेकुराहरू हुन्। यी सागपातहरूमा उच्च मात्रामा भिटामिन, खनिज तत्व, एण्टि–अक्सिडेण्ट र खाद्यरेशा पाईन्छ । यसैगरी यी खानेकुराहरू भिटामीन के नाईटेट्सको पनि महत्वपूर्ण श्रोत हो । भिटामीन के ले रगत जम्ने क्रियालाई नियन्त्रण गर्छ भने नाईट्रेट्सले रक्तचाप घटाउने, रक्तनलीहरूलाई कडा हुँन नदिने र ईन्डोथेलियमको कार्यलाई चूस्त राख्ने कार्य गर्छ । धेरै अनुशंधान हरूले हरियो सागपातको सेवन गर्दा मुटुरोगको जोखिम अत्यन्त न्यून हुने तथ्य उजागर गरेको छ ।

एवोकाडो : पौष्टिकताको दृष्टिकोणले एवोकादोलाई अत्यन्त पोषक फलफूल मानिन्छ।एवोकादोमा उर्जा, ठूला पोषक तत्व र सूक्ष्म पोषक तत्वहरू आदिको राम्रो संयोजन छ। यो मुटुको स्वास्थ्यको लागि पनि अत्यन्त उपयोगी फल हो। यसमा मुटु स्वस्थ बनाउने मोनो–सेचूरेटेड फ्याट पाईन्छ। मोनो–सेचूरेटेड फ्याटले कोलेस्टेरोल कमगर्ने र प्लाक बन्न नदिने गर्दछ।एवोकादोको सेवनले मुटुलाई हानीगर्ने एलडीएल कोलेस्टेरोल कमगर्ने, मेटाबोलीक सिन्ड्रोम कमगर्ने मुटुको मांशपेशीलाई पनि बलियो बनाउने, रक्तचाप कमगर्ने जस्ता कार्य गर्छ।

बेरी–ऐसेलु स् ब्ल्याकबेरी, स्ट्रोबेरी, रास्पबेरी ९ऐसेलु०, गोजीबेरी, ब्लूबेरी जस्ता बेरी प्रजातीका फलफूलहरू पनि मुटुको लागि अत्यन्त लाभदायका फलफूलहरू हुन्।यी फलफूलहरू मुख्यतः एन्थोक्यानीन पाईन्छ। एन्थोक्यानीनलाई मुटुरोग, क्यानसर, उच्चरक्तचाप, रक्तचिल्लोको गडबडी आदिलाई अत्यन्त राम्रो गर्छ । एन्थोक्यानीन एउटा शक्तिशाली एण्टिअक्सिडेण्ट हो। एण्टिअक्सिडेण्टले प्लाक बन्न नदिएर मुटुलाई स्वस्थ बनाउदछ । बेरीको सेवनले रक्तनलीको भित्री पत्रलाई पनि स्वस्थ बनाउने रक्त नलीको ईन्फ्लामेसन कम गर्ने, कोलेस्टेरोल कमगर्ने आदि गर्छ ।

ओखर : ओखर पनि मुटुका लागि अत्यन्त स्वस्थकर फल हो। यसमा प्रर्याप्त मात्रामा खाद्यरेशा र सूक्ष्मपोषक तत्वहरू पाईन्छ। मुटुको लागि आवश्यक म्याग्नेसीयम, कपर र म्याग्निज पाईने हुँदा यस धातुलाई विशेष बनाएको छ। दैनिक ओखर खानेहरूलाई मुटु तथा रक्तनलीको रोग हुने संम्भावना अत्यन्त न्यून रहन्छ।यसले खराब कोलेस्टेरोल एलडीएलको रक्त स्तर घटाउन पनि सहयोग गर्छ ।

बदाम : बदाम पनि उच्च मात्रामा खाद्यरेशा भएको खानेकुरा हो । यसमा पनि प्रशस्त मात्रामा खाद्यरेशा, प्रोटीन, स्वस्थकर मानोस्याचूरेटेड फ्याट, भिटामिन ई, म्याग्नीज, म्याग्नेसीयम जस्ता मुटुका लागि फाईदाकारक पोषक तत्वहरू प्रशस्त मात्रामा पाईन्छ। यसै गरी म्यगनीसियमले रक्तचाप कमगर्न मद्यत गर्दछ भने उच्च खाद्यरेशाले मधुमेह कमगर्न मद्यत गर्छ ।

गोलभेंडा : गोलभेंडालाई परापूर्वक कालदेखि नै मुटुमैत्री तरकारीका रूपमा चित्रण गरिएको छ। गोलभेंडामा लाईपोकाईन्स नामक शक्तिशाली एण्टिअक्सिडेण्ट पाईन्छ । मुटु तथा रक्तनलीको रोग मुलतः अक्सिडेटिभ स्ट्रेसको कारणले हुने रोग भएकाले गोलभेंडाको सेवन अत्यन्त लाभदायक छ। एउटा अनुशन्धानले दर्शाए अनुरूप रगतमा लाईकोपाईन्सको मात्रा कम भएकाहरूमा हृदयघात र मस्तिष्कघात ज्यादा भएको पाईएको छ । यसै गरि काँचो गोलभेंडाको सेवनले एचडिएल कोलेस्टेरोलको रक्त मात्रा बढाउने तथ्य पनि पत्ता लगाईएको छ ।

लसुन : संसारमा विद्यमान धेरै चिकित्सा प्रणालीहरूमा लसुनलाई मुटु मैत्री औषधिका रूपमा प्रयोग गरिदै आईएको छ। लसुनमा एलिसिन, भिटामिन सी र क्वारसेटिन लगाएतका एण्टिअस्किडेण्टहरू र म्याग्नीसिएम, सेलिनियम, म्याग्नीज जस्ता एण्टिअक्सिडेण्ट ईन्जाईमका को फैक्टरहरू पनि पाईन्छ। लसुनको नियमित सेवनले रक्तचाप कम गर्ने, कोलेस्टेरोलको रक्त स्तर ठिक गर्ने, एलडिएल कोलेस्टेरोल कम गर्ने र प्लक बन्ने क्रम रोक्ने गर्छ । खरबुजा स् खरबूजामा मुटुको लागि अत्यन्त उपयोगी लाईकोपाईन्स नामक एण्टिअक्सिडेण्ट पाईन्छ।यसै गरि रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने सिट्रलिन नामक एमिनो एसिड पनि पाइन्छ ।

आलस, चिया तथा भाङ्गको बिउ : आलस चिया तथा भाङ्गको बिउमा प्रशस्त मात्रामा ओमेगा–३ फ्याट्टी एसिड पाईन्छ।ओमेगा –३ का अलाबा यी बीजमा प्रसस्त मात्रामा खाद्यरेशा र अन्य सूक्ष्म एवं ठूला पोषक तत्वहरू पाईन्छ। दैनिक एक चिया चम्चा अर्थात सात ग्राम खान सिफरिस गरिएको यी बीउहरूको दैनिक एक चम्चाको सेवनले नै धेरै रोगमा राम्रो गर्दछ। यी बीउहरूको दैनिक सेवनले मुटुरोगको जोखिम कम गर्ने, रक्तनलीको ईन्फ्लामेसन कम गर्ने, रक्तचाप घटाउने, कोलेस्टेरोलको गडबडी ठिक गर्ने र बढेको ट्राईग्लिसराईड लेबल घटाउने गर्दछ।

सिमी(बोडी स् सिमीको दानाको दाल वा हरियो सिमीको तरकारी दुबै मुटुको लागि अत्यन्त स्वस्थकर खानेकुरा हुन। सिमीमा भएको कर्बोहाईड्रेस पनि मुटु मैत्री छ। यसमा विद्यमान खाद्यरेशा लाई पेटका ब्याक्टेरियाहरूलाई पोषण प्रदान गर्ने गर्दछ। सिमीको सेवनले एलडिएल कोलेस्टेरोल कमगर्ने, अक्सिडेटिभ स्ट्रेस घटाउने जस्ता कार्य गर्दछ।

जैतुनको तेल : ओलीभ आयल वा जैतुनको तेल पनि मुटु मैत्री तेल हो। यसमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्टहरू पाईन्छ। यसै गरि जैतुनको तेलमा विद्यमान मानोअनस्याचूरेटेड फ्याट्टी एसिडले मुटुलाई स्वास्थ राख्नका लागि सहयोग गर्दछ। यसै गरि जैतुनको तेलले रक्तचाप कमगर्न पनि मद्यत गर्दछ।

जडीबुटीको काँढा : गुर्जोको काँडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडीबुटीको काडाको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । यी काँढा इपिग्यालोक्याटेचीन ग्यालेट नामक एण्टिअक्सिडेण्ट पाइन्छ ।

प्रोबायोटिक्सयुक्त खानेकुरा स् हाम्रो शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन् । यी ब्याक्टेरियाहरूको बृद्धि र बर्धन हुँदा हाम्रो शरीरलाई धेरै फाइदै हुन्छ । प्रोबायोटिक्स युक्त खोकुराहरु भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खानेकुराहरु हो । प्रोबायोटिक्सयुक्त खानेकुराहरु खाँदा हाम्रो पाचनमा सुधार हुने र तौल घट्ने, शरीरलाई आवश्यक थुप्रै तत्वहरू शष्लेशित हुने मुटु एवं रक्तनलीको स्वास्थ्य समेत राम्रो हुने तथ्य अनुसन्धानहरुले देखाएका छन् ।

अनाज : प्राकृतिक गुण धर्म नष्ट नगरिएका, धेरै नकुटिएका, नपिसिएका, अनाजलाई भनिन्छ। सग्लो अनाजका ब्रान, ईण्डोस्पर्म र जर्मलाई निकालिएको हुँदैन । अन्नका यी तीनै अंङ्ग पौष्टिकताका दृष्टिले अत्यन्त महत्वपूण अङ्गहरू हुन। अन्नलाई सग्लो प्रयोग गर्दा यसमा विद्यमान खाद्यरेशा, भिटामिन, खनिज आदिको उच्च मात्रालाई शरीरले उपयोग गर्दछ। सग्लो अनाजको नियमित प्रयोगले हृदयघात र मस्तिष्कघातको जोखिमलाई अत्यन्त न्यून बनाउदछ । सोतो चामलको साटो खैरो चामल, आटा मैदाको साटो दलिया, कोदो, फापर, जौ, ओट्स आदि सग्लो अनाजको नमूना हुन् । लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया