तातो हावाबाट जोगिनु पर्ने

नेपालखोज २०८० जेठ २७ गते १०:०५

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भूभागमा अहिले तातो हावा तथा लू चलिरहेको छ ।

लू को असर

  • थकाइ लाग्ने,
  • कमजोरी हुने,
  • बढी तिर्खा लाग्ने,
  • टाउको दुख्ने,
  • खुट्टा बाउँडिने,
  • चक्कर आउने,
  • बेहोस हुने,
  • मांसपेशी दुख्ने,
  • बान्ता आदि हुनसक्ने ।

तातो हावा तथा लूबाट बच्न

  • बढी गर्मी हुने समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने
  • हल्का लुगा लगाउने, सुती कपडा लगाउने,
  • घर बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने
  • नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने
  • कुनै स्वास्थ्य समस्या भए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गरि सल्लाह सुझाव लिने ।

प्रतिक्रिया