महाकाली किनारमा शव फेला

नेपालखोज २०८० जेठ २७ गते १२:५७

बैतडी । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ ।

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो ।

स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

प्रतिक्रिया