चर्च ब्वाइजले डेब्यू सिजनमै ए डिभिजन लिगको ट्रफी उचाल्दा…

नेपालखोज २०८० जेठ २७ गते २१:२१

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारबाट सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीचको खेलसँगै यस सिजनको लिग सकिएको हो ।

डबल राउण्ड रोबिनको आधारमा भएको लिगको अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १-० ले हराएको छ ।

यस सिजनको लिगको उपाधि चर्च ब्वाइज युनाईटेडले जितेको छ । चर्च ब्वाइजले डेब्यु सिजनमै लिगको उपाधि जितेको हो । यस्तै एफसी खुमलटार र विभागीय टोली एपीएफ क्लब रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

प्रतिक्रिया