जीवन मूल्य सही र गलत बीचको भिन्नता

जीवनको मूल्य महत्व बुझ्न आवश्यक छ । जीवनमा मूल्यमान्यता हुनु जरुरी छ । भनिन्छ, सिद्धान्तविना मानिसले जीवनमा कुनै पनि लक्ष्य हासिल गर्न सक्दैन । जीवनमा सहि र गलतको भिन्नता छुट्टाउन सकिएन भने समस्या बढ्न सक्छ भने बारम्बार एउटै गल्ती दोहोरिन्छ । यस्तो अवस्थामा आफ्नो कमजोरी बुझ्न सकिदैन। त्यसैले जीवनमा मूल्यमान्यताको पालना अति आवश्यक छ ।
रिसाउनु आफैंलाई हानि :
माफि दिइयो भने मानसिक पीडाबाट पनि मुक्ति मिल्छ । माफ गर्ने तरिका थाहा नभए समस्या सृजना हुन सक्छ । कतिपय अवस्थामा मानिसबाट गल्ती हुन्छ । यस्तो अवस्थामा रिसाउनु भनेको आफैलाई हानि गर्नु हो । अनावश्यक रूपमा रिसाउनु भन्दा क्षमाको गुण बिकसित गर्नुपर्छ । रिसाउँदा आफैलाइ मानसिक पीडा हुन्छ ।
डराउँदा सानो समस्या पनि ठूलो :
जीवनमा जस्तोसुकै परिस्थिति आए पनि साहसका साथ लड्नुपर्छ । समस्या देखेर डराइयो भने समस्या सानो भएपनि ठुलो देखिन थाल्छ । कुनै पनि समस्यालाई कहिल्यै ठूलो मान्नुहुँदैन बरु, साहसका साथ त्यसको सामना गर्नुपर्छ। हिम्मत र बहादुरी छ भने ठूला(ठूला समस्याले पनि रोक्न सक्दैन।
नियमित दिनचर्या :
जीवनमा आफ्नो लक्ष्य आफै रोज्नुपर्छ । लक्ष्यलाई प्राथमिकता दिदै त्यसलाई प्राप्त गर्न समय सीमा सेट गर्नुपर्छ । नियमित समय तालिका बनाएर त्यसलाई भित्तामा टाँसेर त्यतिकै छोडनु भन्दा त्यसको कार्यान्वयन जरुरी छ । दिनचर्या पछ्याउने हो भने जित पक्का हुन्छ ।
प्रतिक्रिया