प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको उत्तर दिने
नेपालखोज
२०८० जेठ २८ गते ६:५०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । आजकाे बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।
आज अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तवमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया