बुधबार, असार ४, २०८२

‘अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नुभयो’

नेपालखोज २०८० जेठ २८ गते १३:१२

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको बताएका छन् ।

बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जनस्तरबाट भएको आलोचना र विगतको अनुभवका आधारमा आफू अर्थमन्त्री भएको बेला सांसद विकास कोषलाई खारेज गरेको सम्झिाए ।

उनले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका निमित्त निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा विनियोजन गरिएको बजेट सम्बन्धित मन्त्रालयमार्फत सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया