फिलिपिन्स जाने टोलीको बिदाइ

नेपालखोज २०८० जेठ २८ गते २१:२२

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।  

एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ, महासचिव किरण राई लगायतले बिदाइ गरे । साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन् ।

नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।  भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ ।  

नेपाली टोली:

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने 

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

प्रतिक्रिया