गैँडाको आक्रमणबाट मृत्यु

नेपालखोज २०८० जेठ २८ गते २२:३३

चितवन । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आज दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमानलाई गैँडाले आक्रमण गरेको हो ।

साँझ ५ः३० बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए ।

प्रतिक्रिया