सोमबार, वैशाख १५, २०८२

सल्लाहका रूपमा आलोचना स्वीकार

नेपालखोज २०८० जेठ २९ गते ५:४९

जब कसैले हाम्रो आलोचना गर्छ, त्यो हाम्रा लागि लाभदायक साबित हुन सक्छ । यदि हामीले यसलाई राम्रो सल्लाहको रूपमा स्वीकार्यै भने । विश्वमा महान् व्यक्तिहरुको पनि आलोचना भएको छ । कसैको कामको आलोचना गरेर, उसले कसरी आफ्नो कामलाई सुधारेर अगाडि बढ्न सक्छ त ?

तनाव कम गर्न :

कामको तनाव लिनुहुँदैन । गर्नुपर्ने कामको सूची बनाउनुपर्छ । डायरीमा लेखेर आफ्नो विचार व्यक्त गर्नसकिन्छ । लेखनले चिन्ता कम गर्नेछ भने भावनाहरूका लागि आउटलेट प्रदान गर्नेछ। यसक्रममा व्यायाम , ध्यान आदि गर्न सकिन्छ। आफूलाई शान्त राख्ने प्रयास गर्नु उपयुक्त हुन्छ ।

मानिसहरूलाई बुझ्नु :

विभिन्न विचार भएका व्यक्तिहरूसँग अन्तरक्रिया गर्न सकिन्छ । सफलताका लागि मानिसहरूलाई बुझ्नु आवश्यक छ। नयाँ साथीहरू बनाउन सकिन्छ । नयाँ संगठनहरूमा सामेल हुनुपर्छ , आफ्नो सामाजिक सर्कल विस्तार गर्नुपर्छ । विभिन्न व्यक्तिहरूसँगको भेटघाटले आफ्नो क्षितिज फराकिलो बनाउँछ। त्यस्ता साथी बनाउनुपर्छ जसको विचार आफ्नो बिचार भन्दा फरक छ । यद्यपि उनीहरूको मानसिकता प्रगतिशील हुनुपर्छ ।

लक्ष्य स्पष्ट हुनुपर्छ :

जो प्रायः आफ्नो लक्ष्यबाट पछाडि हुन्छन् त्यसको कारण उनीहरूको दिमागमा लक्ष्यको स्पष्ट चित्र नहुनुको हो । यदि आफुलाई राम्रो घर चाहिएको छ तर कल्पनाले यसलाई साकार पार्न सहयोग गर्दैन भने त्यसमा खर्च हुने मानसिक उर्जा पनि घट्दै जान्छ र लक्ष्य पूरा गर्नमा बाधा आउनेछ।

प्रतिक्रिया