चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
नेपालखोज
२०८० जेठ २९ गते ८:२२

चितवन । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एकजना मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् ।
वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आज दिउँसो ३ बजे श्रीमान्–श्रीमती वनमा गएका थिए । गैँडाले श्रीमान्लाई आक्रमण गरेको हो ।
उनको शव अपराह्न साढे ५ बजे भेटिएको दवाडीले बताए । रासस
सम्बन्धित

प्रतिक्रिया