फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०८० जेठ २९ गते १४:०४

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको २०७८ फागुन २९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद बेरुजु रही फरार रहेका धरान उपमहानगरपालिका १३ का ४५ बर्षीय गुन्थन भन्ने सन्त बहादुर लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई सम्मानित सुनसरी जिल्ला अदालत बुझाईएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।
सम्बन्धित

प्रतिक्रिया