महानगरले चाइना पिपुल्स हस्पिटल र हाम्रो सहयात्री अस्पताल सिल गर्यो
नेपालखोज
२०८० जेठ २९ गते १७:३१

काठमाडाैं । महानगरले गर्यो काठमाडौंका दुईवटा अस्पताल सिल काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुईवटा अस्पताल सिल गरेको छ ।
महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।
अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया