नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ २९ गते २२:२०

प्युठान कार दुर्घटनामा ८ जनाको मृत्यु ।

बाँकेमा डुबेर दुई जनाको मृत्यु ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतबाट स्वीकृत ।

फौजदारी कसुरमा प्रतिव्यक्ति भूमिका परिभाषित नगरी अभियोजन लगाउन नहुने महान्यायाधिवक्ताको भनाइ ।

आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङका एक युवालाई १२ वर्ष छ महिना कैद फैसला ।

असार १ मा प्रधानन्यायाधीश नियुक्तिको टुंगो गरिने ।

रेशम चौधरीले भेटे प्रधानमन्त्री, सुदूरपश्चिम सरकारबारे छलफल ।

नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय ।

बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने ।

काठमाडौं महानगरले लगायो दुई अस्पतालमा ताला ।

जसपाको अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन ।

दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई ।

प्रतिक्रिया