आईसीसी क्रिकेट विश्वकप छनोट : नेपालले आज यूएईसँग अभ्यास खेल खेल्ने

नेपालखोज २०८० जेठ ३० गते ५:३६

काठमाडौं । जिम्बाब्वेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोट खेल्न लागेको नेपाली क्रिकेट टिमले आफ्नो पहिलो अभ्यास खेलमा आज युनाइटेड अरब इमिरेट्स (युएई)सँग खेल्दै छ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।

नेपालले विश्वकप छनोटअघि २ अभ्यास खेल खेल्दैछ । यूएईपछि दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार ओमानको सामना गर्नेछ । जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया