सोमबार, वैशाख १५, २०८२

मन दृढ हुनुपर्छ

नेपालखोज २०८० जेठ ३० गते ५:५१

जीवनमा गरिएका स-साना सकारात्मक परिवर्तनको परिणाम ढिलो प्राप्त हुन सक्छ तर त्यसले पक्कै एक दिनमा ठूलो सफलता ल्याउनेछन् । यदि जीवनमा सुख, शान्ति र सफलता चाहने हो भने आफ्नो लक्ष्यमा ध्यान दिनुपर्छ । यता/उता ध्यान विचलित गर्ने कुराहरूमा ध्यान दिनुहुँदैन । जीवनमा परिवर्तनहरू भैरहन्छन् । जसले ती परिवर्तनलाई सकारात्मकताका साथ अपनाउछन् उनिहरुका धेरै समस्या समाप्त हुन्छन् ।

यदि जीवनमा स(साना सकारात्मक परिवर्तन ल्याइरहने हो भने एक दिन पक्कै ठूलो सफलता प्राप्त हुनेछ । परिवर्तनका साथै हाम्रो ध्यान विचलित गर्ने कुराहरुबाट टाढा रहनुपर्छ ।

हामी विगतलाई बदल्न सक्दैनौं, तर भविष्य हाम्रो हातमा छ । वर्तमानमा यस्ता काम गर्नुपर्छ जसले गर्दा भविष्य सुखद बन्न सक्छ । जीवनमा भएका स-साना सकारात्मक परिवर्तनहरू लाइ संगालेर राख्नुपर्छ । मन दृढ हुनुपर्छ एक दिन अवश्य ठूलो सफलता प्राप्त हुनेछ । त्यसैले परिस्थिति जस्तोसुकै होस्, सकारात्मक रहनुपर्छ ।

जति ठूलो लक्ष्य त्यति ठूला बाधाहरू अनि जति ठूलो अवरोध त्यति ठूलो सफलता । हामीसँग धेरै सिमित समय छ, त्यसैले हरेक पल त्यस्ता काममा बिताउनुपर्छ जसले हामीलाई लक्ष्य पूरा गर्न मद्दत गर्छ । यदि जीवनमा सुख, शान्ति र सफलता चाहने हो भने आफ्नो लक्ष्यमा ध्यान दिनुपर्छ । आफुलाई विचलित गर्ने, ध्यान चटकाउने कुराहरूमा ध्यान दिनुहुँदैन ।

प्रतिक्रिया