एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक
नेपालखोज
२०८० जेठ ३० गते ६:११

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी थाइल्याण्ड परेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले जुन २८ मा थाइल्याण्डको सामना गर्नेछ । यस्तै, दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियासँग जुन ३० मा खेल्नेछ । प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया