आइतबार, वैशाख १६, २०८१

चीनमा विवाहमा रेकर्ड गिरावट

नेपालखोज २०८० जेठ ३० गते ८:४३

चीन । गत वर्ष चीनमा ६८.३ मिलियन जोडीले विवाह दर्ता गरेका थिए । नागरिक मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा यो जानकारी प्रकाशित गरेको छ ।

यस अनुसार सन् २०२१ को तुलनामा २०२२ मा करिब आठ लाख विवाहमा कमी आएको छ । कोभिड–१९ को महामारीका कारण झण्डै तीन वर्षदेखि चीनमा निकै कडा प्रतिबन्ध लागू थियो र करोडौं मानिस महिनौंसम्म घरमै थुनिएका थिए ।

यसको असर विवाहमा प्रष्ट देखिन्छ । चीन घट्दो जनसंख्या र घट्दो जन्मदरसँग संघर्ष गरिरहेको बेला यो तथ्यांक बाहिर आएको हो ।

अहिले चीनको जनसंख्या घट्दै गएको छ । चीनको जनसङ्ख्यामा कमी आएको छ दशकमा यो पहिलो पटक हो ।जनसङ्ख्यामा आएको कमीका कारण देशको अर्थतन्त्रमा परेको असरप्रति चिनियाँ सरकार र अर्थशास्त्री दुवै चिन्तित छन् र त्यसलाई सम्बोधन गर्न नीतिमा ठूलो परिवर्तन भैरहेको छ ।

गत वर्ष चीनमा प्रति हजार मानिसमा ६.७७ बालबालिका जन्मिएका थिए जुन अहिलेसम्मकै सबैभन्दा कम जन्मदर हो । २०२१ मा यो जन्मदर ७.५२ थियो ।

जनसंख्याबिदहरूले चेतावनी दिएका छन् कि चीनले उच्च जनसंख्याको फाइदा लिन छाड्नेछ र यो देश धनी हुनु अघि वृद्धहरूको देश बन्नेछ । वृद्धवृद्धाको हेरचाहमा प्रशासनले बढी खर्च गर्नुपर्ने भएकाले श्रमिकको संख्या घटेर खर्च बढ्नेछ । जुन चिनको नयाँ चिन्ता हो ।

एपीरएएफपी

प्रतिक्रिया