भन्सार महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा

नेपालखोज २०८० जेठ ३० गते १३:०३

काठमाडौं । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले जेठ २९ गते भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।

बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको उक्त गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको शसत्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया