बिहीबार, जेठ ३, २०८१

सावित्राले युरोपेली लिग खेल्ने

नेपालखोज २०८० जेठ ३० गते १५:०५

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।

सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको पक्का गरेको छ ।

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् ।

प्रतिक्रिया