सोमबार, वैशाख १५, २०८२

गन्तव्यमा पुग्न

नेपालखोज २०८० जेठ ३१ गते ६:११

-दोबाटोमा उभिनुभन्दा एउटा बाटो रोजेर त्यसमा निरन्तर अघि बढिरहनु राम्रो हो । अन्तिम समयसम्म एउटै बाटोमा अगाडि बढिरहनु उपयुक्त हुन्छ । यदि आफुले रोजेको बाटोमा मनलाएर अगाडि बढिरहने हो भने अवश्य आफ्नो गन्तव्यमा पुग्नसकिन्छ ।

-यदि सफल हुन चाहने हो भने दृढ संकल्पका साथ अगाडि बढ्नुपर्छ, कुनै पनि भ्रममा पर्नुहुँदैन र यात्रा पनि रोक्नुहुँदैन । यदि दुइटा विकल्प देखिन्छ भने बढि सहि लाग्ने बिकल्प छनोट गरी त्यसमा काम गर्न थाल्नुपर्छ , तब मात्र सफलता मिल्नेछ ।

-यदि कुनै काममा बारम्बार असफल भैरहनुभएको छ भने आफ्नो काम गर्ने तरिका बुझ्नुपर्छ । असफलताबाट सिकेर बाटो सुधार्नु उपयुक्त हुन्छ ।

-जो सधैं नयाँ ज्ञान प्राप्त गर्न तयार छन्, उनीहरूका सबै समस्या समाप्त हुन्छन् । अरुसँग बदला लिने भावनालाई जतिसक्दो चाँडो छोड्नु पर्छ अन्यथा यो बानीले कुनै पनि व्यक्तिलाई बर्बाद गर्न सक्छ । खराब चीजहरूलाई त्यहीँ छोडेर अगाडि बढ्नुपर्छ ।

-बुद्धिमान व्यक्ति त्यो हो जसले आफु वरपरका सबै कुराको महत्व बुझदछ । जसले चीजको महत्व बुझदैन उसको जीवनको कष्ट कहिल्यै समाप्त हुँदैन। साथीहरू माझ अल्झनु भन्दा एउटा बाटो रोज्नु राम्रो हो ।

प्रतिक्रिया