बुधबार, असार ४, २०८२

खड्का कांग्रेसको कार्यवाहक सभापति

नेपालखोज २०८० जेठ ३१ गते १०:३५

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप)का लागि सिङ्गापुर प्रस्थान गरेकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्केसम्म उनलाई पार्टीको कार्यवाहक सभापति ताेकेकाे पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया