नेपालमा रक्तदान

सुनील उलक २०८० जेठ ३१ गते १०:४५
तस्बिरमा पहिलो रक्तदाता दयावीर सिंह कंसाकार र दोस्रो तस्बिरमा राजा महेन्द्रबाट रक्तदान गर्दै ।

वि.सं. २००० मा दयावीर सिंह कंसाकारले पहिलो पटक रक्तदान गरेर बिरामी रत्नकाजी तुलाधरको जीवन बचाएका थिए भने वि.सं. २०२१ वैशाख २६ गते विश्व रेडक्रस दिवसको अवसरमा राजा महेन्द्रले रक्तदान गरेका थिए ।

राजाबाट रक्तदान गरिएको सो रगत वीर अस्पतालमा उपचार गराइरहेकी महिला शान्ति प्रधानलाई दिइएको थियो । यसरी सो रगतले उनको जीवन बचाएको थियो । यिनै दयावीरले २००२ सालमा काठमाडौँमा झाडाबान्ताको प्रकोप हुँदा परोपकार औषधालयको सुरुवात गरे ।

२००४ सालमा पोखरामा परोपकार औषधालयको शाखा खोले । २००९ सालमा परोपकार अनाथालय खोले । २०१६ सालमा प्रसूति गृह खोले, जसको लागी राजा महेन्द्रले पनि ठुलो सहयोग गरे ।

प्रतिक्रिया