सोमबार, वैशाख २४, २०८१

बालबालिकामा स्वस्थ बानीको विकास

नेपालखोज २०८० जेठ ३२ गते १०:०५

काठमाडौं । बानी एक दिनमा बस्दैन । जब एक पटक बानि बस्छ त्यसपछि यो सजिलै छुटदैन । यदि बाल्यकाल मै राम्रो बानी बसालियो भने यो जीवनभर सँगै रहन्छ ।

सामान्य दिनहरूमा बालबालिकाहरु स्कूल जान्छन् र आमाबाबु पनि आफ्नो अफिस जान्छन् । त्यसैले आफ्नो दिनचर्या सुधार्नु र आफ्ना छोराछोरीको हेरचाह गर्नु अझ महत्त्वपूर्ण भएको छ ।

यस्तो अवस्थामा बालबालिकाहरुका अगाडी राम्रो उदाहरण प्रस्तुत गर्नसक्नुपर्छ । किनभने बालबालिकाहरु प्रतिलिपि वा मेसिन हुन्, उनीहरूले आफुले गरेको काम दोहोर्याउछन् ।

त्यसैले उनिहरु सँगको भेटमा रमाइलोसँगै राम्रो बानी सिकाउनुपर्छ । सरसफाइ र स्वास्थ्यको ख्याल राख्नुलाई पहिलो प्राथमिकतामा राखेर यो कुरा बालबालिकालाई सिकाउने हो भने त्यसको फाइदा पक्कै हुनेछ । यसबाट बालबालिकाहरुको उचित वृद्धि हुनेछ, आँखा कहिल्यै बिग्रने छैन, रोग प्रतिरोधात्मक क्षमता राम्रो हुनेछ भने सुगर र बीपी जस्ता जीवनशैली सँग सम्बन्धित रोगहरू पनि टाढा हुनेछन् ।

व्यवहार समस्या ( बिहेवियरल प्रोब्लम ) पनि बालबालिकाहरुको एउटा ठूलो समस्या हो। सानातिना कुरामा चिच्याउने, आक्रामक बन्ने, खान–पिउन नमान्ने, बाहिरी खेलबाट भाग्ने, विद्यालय नहुँदा समयमै नउठ्ने समस्या आजको आम समस्या हो । बालबालिकाहरुले केही नराम्रा बानीहरू पनि त्याग्नुपर्छ, जसमा मोबाइल र गेमको बानी प्रमुख हो ।

यसका लागि बालबालिकाहरुलाई समय दिनु आवश्यक छ, उनीहरूसँग कुराकानि गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो दिनचर्या ठीक गर्नुपर्छ किनभने घरका अभिभावकहरु नै बालबालिकाहरुको सबैभन्दा ठूलो रोल मोडल हुन ।

सबैभन्दा ठूलो कुरा तपाईले अहिलेसम्म राम्रो बानी सुरु गर्नुभएको छैन भने आजै देखि सम्पूर्ण परिवारसँग योग अभ्यास गर्ने समय निश्चित गर्नुहोस् । राम्रो बानीले जीवन परिवर्तन स्वास्थ्यको ख्याल राख्नुहोस् र चाँडै सुत्नुहोस् – चाँडै उठ्नुहोस् । सही समयमा खानुहोस् सरसफाईको ख्याल गर्नुहोस ।

बाहिरी खेल खेल्नुहोस् अनि पढाइसँगै कुनै रुचिको बिषयमा आफ्नो दक्षता बढाउनुहोस । बालबालिकाहरुको उचाई बढाउन के दिने ? गाजर , मेथी , सोया , डेयरी प्रोडक्ट , जौको पीठो । उचाई वृद्धिका लागि ३० मिनेट योग गराउनुहोस् । जंक फूड बन्द गर्नुहोस् ।आधा घण्टा घाममा बसाल्नु होस् ।

फलफूल तथा हरिया तरकारी खान दिनुहोस् । आउट डोर गेम खेलाउनु होस् । कसरत गराउनुहोस् । तेज दिमागका लागि ब्राह्मी , शंखपुष्पी , अश्वगन्धा दिनुहोस ।

बालबालिकाहरुका लागि दूध , सुख्खा फल , ओट्स , सिमी , गुलियो आलु , रातो दाल सुपरफुड हुन । क्याल्सियम बढाउन दूध , केराको शेक , खजूर-अंजीर शेक दिने ।

प्रतिक्रिया