बिहीबार, जेठ ३, २०८१

मैत्रीपूर्ण खेलमा नेपालले आज फिलिपिन्सँग खेल्दै

नेपालखोज २०८० जेठ ३२ गते ६:३४

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेल फिलिपिन्सँग खेल्दै छ । रिजल मेमोरियल स्टेडियममा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

नेपाल आज बलियो टोली फिलिपिन्सलाई हराउने योजनामा रहेको छ । नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघि नेपालले फिलिपिन्ससँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले एक जित र एक बराबरी खेल्दा चार हार व्यहोरेको थियाे ।

भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो ।भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।

प्रतिक्रिया