छिमेकीसँग जुँघाको लडाइँ

सुनिल सापकोटा २०८० जेठ ३२ गते ११:२८
सुनिल सापकोटा

हिजोआज भारत र नेपाल बिच आ-आफ्नो मुलुकको पुरानो भन्दा पुरानो सांस्कृतिक नक्साको बिषयलाई लिएर जनमानसमा चर्चा चलेको देखिन्छ । त्यसै सन्दर्भमा एउटा सानो लेख लेखेको हुँ। हुनत यो नक्साको सत्यता कति होला त्यो भन्न म शक्तिन।

हिमालय देखि विन्ध्याचल सम्मको भूभाग । हिन्दू पुराणहरुमा यसलाई मेलुहा , भारत वर्ष , जम्बूद्विप आदि लेखिएको पाइन्छ । जम्बूद्विप चाहिँ त्यो कालको भूगोल अनुसार भारतबर्षको उत्तराखण्ड लाई भनिन्थ्यो । त्यो बेला महाभारत कालमा भारत बर्षमा कैयौं ठुला साना जनपद र प्रमुख शहरहरु थिए ।

जस्तै केही यहाँ तल वर्णन गर्न चाहान्छु । त्यो बेला हाम्रो नेपाल पनि स- साना राज्यहरुमा बिभक्त थियो। ती स्थानहरु लाई समग्रमा हिमवत् खण्ड भनिन्थ्यो अरे। अहिलेको जम्बू कश्मिरको उत्तर पूर्व क्षेत्रका किराँतका भुभागहरु। यहाँ बाट पनि महाभारत युद्धमा गइ भाग लिएको देखिन्छ ।

यि राज्यहरु तथा स्थानहरु बाट महाभारत युद्धमा कौरव र पाण्डवको पक्षमा रहि त्यसबेलाका राजाहरु , वीर योद्धाहरु , सैनिकहरुले भयानक युद्ध लडेको देखिन्छ ।

कुन राज्य बाट कुन राजाहरु , कुन कति वीरहरुले युद्ध लडेका थिए भन्ने बारे लेख्दा लामो हुने भएकाले अहिले छोटकरीमा मात्र त्यो बेलाको स्थानहरुको नाउँहरुको जानकारीका लागि उल्लेख गरेको हुँ ।

१) गान्धार = आजको पाकिस्तानको रावलपिन्डि देखि सुदूर अफगानिस्तान सम्मको निश्चित भूभागहरु लाई भनिन्थ्यो ।
२) तक्षशिला = आजको गान्धारको राजधानी र ठुलो शहर ।
३) केकय प्रदेश = आजको जम्मू (कश्मिरको उत्तरी क्षेत्र ।
४) मद प्रदेश = केकय प्रदेश सङ जोडिएको देश ।
५) उज्जनक = आजको नैनितालको छेउछाउको क्षेत्र ।
६) शिवी देश = आजको पंजावको भूभागहरु।
७) कुरुक्षेत्र = आजको भारतको हरियाणा राज्यको अम्बाला भन्ने स्थानको भूभागहरु ।जहाँ महाभारतको प्रसिद्ध युद्ध भए को थियो।
८) हस्तिनापुर = अहिलेको मेरठको क्षेत्रहरु ।
९) वर्नावत = मेरठ नजिकको भूभाग ।
१०) पान्चाल = हिमालय क्षेत्रको तल्लो भागहरु ।
११) इन्द्रपस्थ = अहिकोको दक्षिणि दिल्ली ।
१२) बृन्दावन , गोकुल , बरसाना , मथुरा = यी चारै त्यो कालका जनपहरु आजको उत्तर प्रदेशको यमुना नदिको किनारमा रहेका भूभागहरु हुन । अहिले सम्म पनि सोही नाउँ प्रचलनमा रहेको देखिन्छ ।
१३) अंग देश = आजको उत्तर प्रदेशको गोंडा जिल्ला , जो हाम्रो नेपालगंज बाट नजिक पर्छ ।
१४) कौशाम्वी = अहिलेको काशी (बनारस ) र इलाहावाद ( प्रयाग ) को केही भूभागहरु।
१५) एकचक्र नगरी = आजको बिहारको आरा जिल्ला ।
१६) मगध = आजको भारतको दक्षिणि बिहारको क्षेत्र ।
१७) प्रगज्योतीषपुर = आजको भारतको आसाम राज्यको कामख्याको छेउछाउ का भूभागहरु ।
१८) मणिपुर = आजको आसाम , नागालैण्ड , मिजोरम र वर्मा सहितको केही क्षेत्रहरु ।
१९) सिन्धु देश = आजको पाकिस्तानको सिन्ध प्रदेश
२०) मत्स्य देश = अहिलेको राजस्थानको उत्तरी भूभाग
२१) द्वारका = अहिलेको गुजरातको पश्चिमीतट ।
२२) अवन्तिका = अहिलेको मध्यप्रदेशको उज्जैन
२३) चेदी = गंगा र नर्मदा नदि स्थित अहिलेको ग्यालियर क्षेत्रका भूभाग २४० सोणितपुर . अहिलेको मध्यप्रदेशको इटारसी भन्ने स्थानको भूभागहरु ।
२५) विदर्भ = अहिलेको बिहार र उत्तर प्रदेशका भूभागहरु। जहाँ त्यसबेलाका राजा कनिस्कको छोरी रुक्मणिलाइ श्री कृष्णले भगाइलगी बिवाह गरेका थिए ।

अन्त्यमा , दुई देशको जनस्तर र मिडियाहरुको बादबिवाद बारे म केहि भन्न चाहन्न । साथीहरूले आफैं सोच बिचार गर्नु होला ।

किनभने पुरानो भन्दा पुरानो सांस्कृतिक नक्सालाई लिएर छिमेकि संग जुँघाको लडाइँ गर्नु आजको समयमा दुबै देशका जनताले समय खेर फ्याल्नु हो , बुद्धि बिलास मात्र गर्नु हो ।

प्रतिक्रिया