सोमबार, वैशाख १७, २०८१

ओमानसँगकाे ‘वार्मअप’ खेलमा कुशल भुर्तेलकाे शतक

नेपालखोज २०८० जेठ ३२ गते १८:५२

काठमाडाैं । आईसीसी एकदिवसीय विश्व कप छनोटअघि ‘वार्मअप’ खेलमा ओमानसँग नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक बनाएका छन् ।

जिम्बावेकाे हरारेमा ओमानले दिएकाे २ सय ६८ रनकाे लक्ष्य पछ्याउने क्रममा कुशलले ९१ बलमा शतक बनाएका हुन् ।

याे समाचार तयार पार्दासम्म नेपालले ३० ओभरमा १ विकेट गुमाएर १ सय ८१ रन बनाएकाे छ । अहिले क्रिजमा कुशलसँगै भीम सार्की छन् । भीम सार्कीले ६५ बलमा ५० रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया