केपी ओली कप फुटबल : पहिलो हाफमा मछिन्द्रको अग्रता

नेपालखोज २०८१ फागुन १९ गते १९:४९

काठमाडौं । तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता मछिन्द्र फुटबल क्लबले अग्रता लिएको छ ।

मछिन्द्रले पहिलो हाफमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १–० गोलको अग्रता लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा जारी उक्त खेलको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए ।

प्रतिक्रिया