‘आदिपुरूष’को संवाद नसच्याए काठमाडौंमा फिल्म चल्न नदिने बालेनको चेतावनी
नेपालखोज
२०८० जेठ ३२ गते २१:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई महानगरभित्र चल्न नदिने चेतावनी दिएका छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द फिल्मबाट हटाउन भनेका हुन्।
उनले यस्तो लेखेका छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।
सम्बन्धित








प्रतिक्रिया