रिङरोड आसपासका टिकट काउन्टर हटाउँदै काठमाडौं महानगर
नेपालखोज
२०८० असार १ गते ७:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउने भएको छ ।
काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको महानगरले निर्णय कार्यान्यनका लागि काउण्टरहरु हटाउन लागेको हो ।
बिहीबार बसेको बैठकले असार १ गतेदेखि महानगरपालिका भित्र तथा रिङरोड आसपास रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउने निर्णय गरेको हो ।
यत्रतत्र छरिएर रहेका टिकट बुकिङ काउन्टरहरुलाई निश्चित स्थानमा केन्द्रीत गरी व्यवस्थित गर्नका लागि महानगरपालिकाले कार्यदल पनि बनाएको छ ।
जगतमान श्रेष्ठको संयोजकत्वमा बनेको १४ सदस्यीय कार्यदलले यात्रुहरु चढाउने र ओराल्ने स्थानको ठेगान पनि सोही कार्यदलले तय गर्ने जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया