बढदो सेक्सटोर्सन

काठमाडौं । जनमत पार्टीका तत्कालिन खानेपानी मन्त्री व्यस्त ‘सेड्यूल’को बावजुद सामाजिक सञ्जालमा सयर गर्दै थिए । यही क्रममा उनलाई फेसबुकमा युवतीको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । ‘प्रोफाइल’ खोले । फोटो आकर्षक लाग्यो ।
‘फ्रेण्ड रिक्वेस्ट’ स्वीकार गरे । युवतीले म्यासेन्जरमा ‘हाई’ भनिन् । मन्त्री खानले पनि जवाफमा ‘हाई’ भने । दुईबीच केही दिन सामान्य गफ चल्यो ।
त्यसपछि युवतीले केही अनौठो हर्कत देखाइन् । यौनका बिषय उप्काउन थालिन् । मन्त्री खान उत्साहित भए । उनले पनि प्रतिक्रिया दिन थाले ।
सामान्य कुराकानीबाट सुरु भएको दुईबीचको गफ अब अश्लिल हर्कतमा प्रवेश गर्यो । युवती ‘लाइभ च्याट’मै नाङ्गिने मात्र होइन, यौनासनका भावभंगिमै प्रस्तुत हुन थालिन् । मन्त्री खानले पनि त्यस्तै हर्कत देखाउन थाले ।
जब युवतीले रेकर्ड भएको अस्लिल भिडियो ‘इन बक्स’मा सेयर गर्दै रकम बार्गेनिङ गरिन्, मन्त्री खान छाँगाबाट खसेझै बन्न पुगे । उनले रकम दिन नसक्ने भने । युवतीले भिडियो भटाभट अरुलाई पठाउन थालिन् ।
हुँदाहुँदा मन्त्री खानको भिडियो हातहातमा पुग्यो । उनले घटनाबारे प्रहरीमा उजुरी त गरे । तर, त्यसबेलासम्म उनको सामाजिक प्रतिष्ठामा गम्भिर धक्का लागि सकेको थियो ।
धनिराम शर्मा(परिवर्तित नाम) एक प्रतिष्ठित सरकारी संस्थाका पूर्व अध्यक्ष हुन् । मदिरा प्रेमी उनी सामाजिक सञ्जालमा टहलिरहेका थिए । उनलाई कोमल गुप्ता नामकी युवतीले ‘फ्रेण्ड रिक्वेस्ट’ पठाइन् । युवती आकर्षक थिइन् । ‘रिक्वेस्ट एसेप्ट’ गरे ।
फुर्सदिला शर्माको अधिकांश समय घरमै बित्ने गथ्र्यो । यस क्रममा उनी कोठा बन्द गर्थे । र, दिनभर सोही युवतीसँग गफिन्थे । युवती सर्वाङ्ग हुन्थिन् । अनेक यौन हर्कत देखाउँथिन् । मदिराको सुरमा शर्मा पनि सर्वाङ्ग हुन्थे । यौन हर्कद देखाउँथे ।
युवतीले शर्मालाई रकम माग गरिन् । शर्माले दिन अस्वीकार गरे । त्यसपछि रेकर्ड भएको अनेक भावभंगिका अस्लिल भिडियो ‘इन बक्स’ सेयर गर्न थालिन् । र शर्मासँग निरन्तर रकमको बार्गेनिङ गर्न थालिन् ।
पछिल्लो पटक युवतीले शर्मासँग २८ हजार अमेरिकी डलर(३६ लाख ६८ हजार रुपैयाँ) मागि रहेकी छिन् । तनावमा रहेका शर्मा २० लाख रुपैयाँ दिन तयार भएका छन् । तर, त्यस अघि उनले ‘रेकर्डेड’भिडियो ‘डिलिट’ गर्ने सुनिश्चितता युवतीसँग खोजिरहेका छन् । जुन त्यति सहज देखिँदैन ।
काठमाडौं नयाँ बानेश्वरकी सुप्रिया शर्मा(नाम परिवर्तन)लाई इमेल अकाउन्टमा ‘आई ह्याभ फुल भिडियो अफ दिस कन्टेन्ट ह्वेर यू फ्लास् योर पार्ट इन्फ्रन्ट आफ क्यामेरा एण्ड आई एम विलिङ एक्सचेन्ज वीथ सम क्यास’ उल्लेखित सन्देशसहित एउटा नग्न तस्बिर प्राप्त भयो ।
ध्यानसँग अध्ययन गरिन् । तस्बिर आफ्नै थियो । जुन उनले सामाजिक सञ्जालमा भेट भएका युवासँग ‘च्याट’ गर्ने क्रममा सेयर गरेकी थिइन् ।
गफैगफको सुरमा उनले युवासँग अन्तरंग दृश्य ‘च्याट’मार्फत सेयर गरेकी थिइन् । इमेलमा प्राप्त फोटो सोही दृश्य मध्येको एउटा अंश थियो ।
इमेल पढेपछि सुप्रियाको टाउको चक्करायो । उभिएकै ठाउँमा ढलुँला जस्तो भयो । सम्हालिएर बल्तल्ल घर पुगिन् । पीडा घरमा सुनाउने बिषय भएन । त्यसो हुँदा उनले केटा साथीलाई भेट्न बोलाइन् । सबै समस्या सेयर गरिन् ।
केटा साथीले घटनाको अनुसन्धान प्रहरीबाट गराउने त भने । तर, यसको बदलमा १८ देखि २० लाख रुपैयाँ मागे । र, सर्भर बुकको नाममा मासिक एक लाख रुपैयाँ थप लाग्ने बताए ।
सुप्रियाले जसोतासो रकम जम्मा गरिन् । त्यसपछि भने केटा साथीको ब्यवहारमा अचानक बदलाव आयो । अब उनले केटा साथी प्रति नै शंका गरिन् । उनले प्रहरीमा उजुरी गरिन् । अनुसन्धानपछि खुल्यो–इमेलमा फोटो पठाएर रकम माग्ने र च्याटमा अस्लिल हर्कदका साथ घण्टौं गफिने आफ्नै केटा साथी रहेछ ।
चाबहिलकी नेहा शर्मा (परिवर्तित नाम) ‘जिक ज्याक हेनेरी’ नामको फेसबुक अकाउण्टमा घण्टौ गफिन्थिन् । यहीक्रममा दुईबीच म्यासेन्जरमा अर्धनग्नदेखि नग्न फोटो र भिडियो सेयर हुन थाल्यो । सोही अकाउन्टबाट नेहाको म्यासेन्जर इन बक्समा एउटा म्यासेज आयो । उत्साहित बनेर खोलेर हेरिन ।
म्यासेजमा ‘हुदैंन मलाई जसरी नी पैसा चाहिन्छ । नत्र म अपलोड गरिदिन्छु । त्यसो भए कति दिन सक्छस् भन् । म सब फिर्ता गरिदिन्छु । अहिले म बिजि भएँ । एसएमएस नगर । यूट्यूबमा न आउने भए पाँच लाख दे । नत्र गरिदिन्छु । २५ गतेसम्म टाइम भयो’ उल्लेख थियो ।
नेहा रन्थनिइन् । तनावमा रहेकी उनले पीडा घरका सदस्यसँग सेयर गरिन् । अन्तत उनी कानूनी उपचारका लागि प्रहरी कार्यालय जाने निधोमा पुगिन् । जब प्रहरीले घटनाको अनुसन्धान ग(यो । रकम बागेनिङ गर्ने आफ्नै घरमा डेरामा बस्ने युवा रहेछन् । जसलाई नेहाले भाई बनाएकी थिइन् ।
‘सेक्सटोर्सन’का माथि चार प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना पछिल्ला दिन अस्वभाविक ढंगले बढेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्यांक अनुसार पछिल्लो आठ महिनामा मात्रै साइबर अपराधसँग सम्बन्धित पाँच हजार घटना जाहेरीका रुपमा कार्यालयमा दर्ता भएका छन् ।
जसमध्ये १६ प्रतिशत ‘सेक्सटोर्सन’सँग सम्बन्धित छन् । १८ प्रतिशत फेक प्रोफाईल, २० प्रतिशत अनलाईन ठगी र १३ प्रतिशत दुव्र्यवहारसँग सम्बन्धित छन् । प्रहरीका अनुसार कोही व्यक्तिसँग नग्न भएर ‘भिडिओ कल’ गर्ने र सोही भिडिओ रेकर्ड गरेर ब्ल्याकमेल गर्नु ‘सेक्सटोर्सन’ हो ।
साईवर व्युरोका एसपि पशुपति रायका अनुसार पछिल्ले समय सेक्सटोर्सनमा युवाहरु नै हावि भएको बताए । उनले भने,‘आठ महिनामा पाँच हजार केस दर्ता छन् । जसको १६ प्रतिशत ‘सेक्सटोर्सन’सँग सम्बन्धित छन् ।
उद्येश्य आर्थिक उपार्जन गर्नु नै हो । सामाजीक संञजालमा साथी बनाउने, नम्बर माग्ने, कल गर्ने र भिडियो कल गरेर निवस्त्र हुनेम्मको गतिविधि हुन्छन् । पछि सोही भिडयो बनाएर दुरुपयोग हुन्छ । यसमा पछिल्लो समय युवाहरु बढिमात्र फसेको देखिन्छ ।’
ब्यूराको अनुसार यस्ता घटनामा पीडित हुने अधिकांश १८ देखि २५ वर्ष उमेर समुहका युवायुवती रहेका छन् । अपराध कार्यमा पनि सोही उमेर समुहका युवायुवती संलग्न रहेको ब्यूरोको तथ्यांकले देखाउँछ ।
ब्यूरोका प्रवक्ता एसपी रायले भने,‘विशेष गरेर हामी कहाँ धेरै केस १८ देखि २५ वर्ष उमेर समुहका युवायुवती लिएर आउँछन् । यस्ता घटना अनुसन्धान गर्न जटिल छ । ‘सेक्सटोर्सन’को सन्दर्भमा धेरै जसो महिला दुरुपयोग भएका छन् । घटनमा संलग्न हुनेहरु भने फरक–फरक उमेर समुहका व्यक्ति देखिन्छ ।’
दुरसञ्चार प्राधिकरणका अनुसार गत असोजसम्म मोवाइल फोनका जागि सिम कार्ड लिने मात्रै चार करोड चार लाख ६६ जहार २४ पुगेका छन् । जसमध्ये ९६ प्रतिशत सिमकार्ड इन्टरनेटकको पहुँचमा छ । जसबाट पुष्टि हुन्छ की मोवाइल र इन्टरनेट सबैको पुहँचमा पुगेको छ । साइबर अपराध बढ्नुको मुख्य कारण यही हो ।
ब्यूरो प्रवक्ता एसपी रायले भने, ‘सबैको हातहातमा मोवाइल र इन्टरनेट पुगेको छ । जसलाई कसरी प्रयोग गर्ने चेतना छैन । विद्यालयमा पनि यस्ता बिषय बढाई हुँदैन । त्यसो हुँदा यस्ता अपराध बढेको देखिन्छ । मुलुकभित्रबाट मात्र होइन, बिदेशबाट समेत हुने हुँदा अपराधको ग्राफ अस्वभाविक ढंगले बढेको देखिन्छ ।’

प्रतिक्रिया