बिलबिजक भन्दा बढीको सामानसहित तीन वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालखोज २०८० असार १ गते ११:२७

काठमाडौं । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट जेठ ३१ गते राति ११ बजे सशस्त्र प्रहरीले बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र वीरगंजबाट बुटवलतर्फ जादैँ गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रक मध्ये ना ५ ख ७१०१ र ना ७ ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।

प्रतिक्रिया