दाङ जिप दुर्घटना : चालकको मृत्यु, ६ जना गम्भीर घाइते

दाङ । दाङको तुलसीपुर-३ शिरखोलामा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।
तुलसीपुरदेखि रोल्पा गंगादेव गाउँपालिका – १ ओतका लागि छुटेको जिप दुर्घटना हुँदा चालक गंगादेव– १ निवासी अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । गाडीमा १० जना सवार थिए ।
तीमध्ये सबै घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । उनका अनुसार दुर्घटनामा परी ६ जना गम्भीर घाइते छन् ।
गम्भीर घाइतेमध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
रा.१ज ५५६ नम्बरको यात्रुवाहक जिप सडकदेखि ६० मिटर तल खसेको थियो । शुक्रबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुगमान गरेको छ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया