हराएका २२ ओटा दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
नेपालखोज
२०८० असार १ गते १२:५३

काठमाडौं । विभिन्न मितिमा हराएका २२ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १५ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
योसँगै चालु आर्थिक वर्षमा ४ सय ६५ ओटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ३० ओटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया