बझाङमा यार्सा संलकन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

नेपालखोज २०८० असार १ गते १३:०८

बझाङ । बझाङमा यार्सा संलकन गर्न गएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ ।

सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थित हलेली भन्ने स्थानमा बिहीबार बेलुका ६ बजे लडेर ज्यान गएको हो ।

जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार घर फर्किरहेका थिए ।

एक्लै घर फर्किरहेका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको स्थानीय दिपेश दमाईले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलबाट शव ल्याएर मुचुल्का तयार गरेपछि जेठाराको दाहसंस्कारको तयारी भइरहेको छ ।

प्रतिक्रिया