उपमहासचिव पुन स्वास्थ्य लाभ गरी स्वदेश फिर्ता
नेपालखोज
२०८० असार १ गते १३:४३

काठमाडौं । वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित भएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमहासचिव पुनलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।
सो अवसरमा उपमहासचिव पुनले सबैको सद्भावले आफू पूर्णरुपमा स्वस्थ भएर स्वदेश फर्केको बताएका थिए ।
वंशाणुगत जण्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि पूर्वमन्त्रीसमेत रहनुभएका नेता पुन गत फागुन १ मा चीनको थर्ड पिपल्स अस्पताल गएका थिए ।
सम्बन्धित

प्रतिक्रिया