गण्डकीको बजेट साढे ३३ अर्ब
नेपालखोज
२०८० असार १ गते १७:३१

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारले ३५ अर्ब ९० करोडको बजेट ल्याएको थियो ।
पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको छ । सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएकोे हो । यसरी कम हुन आउने बजेट आन्तरिक ऋणबाट पूर्ती हुने व्यवस्था मिलाएको अर्थमन्त्री आलेले बताएका छन् ।
सरकारले आफ्नो कार्यकालमा ल्याएको यो पहिलो बजेट हो । बजेटले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ ।
सम्बन्धित

प्रतिक्रिया