युक्रेनको प्रत्याक्रमण असफल हुन्छ : रुसी राष्ट्रपति
नेपालखोज
२०८० असार १ गते २१:३४

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन्।
पछिल्लो समय कीभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।
‘मलाई लाग्छ – युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन – मलाई यसमा कुनै शंका छैन,’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दे उक्त टिप्पणी गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया