सोमबार, वैशाख १५, २०८२

कम दिएर धेरैको आशा गर्नु हुँदैन- जोन रस्किन

नेपालखोज २०८० असार २ गते ६:०६

जोन रस्किन अंग्रेजी कला समीक्षक, लेखक, चित्रकार तथा सामाजिक विचारक थिए। उनलाई १९औं शताब्दीको कला क्रान्तिको श्रेय दिइन्छ ।

१ कुनै पनि चीजको लागि बढि मुल्य तिर्नु बुद्धिमानी होइन, तर कम भुक्तानी गर्नु पनि ठिक होइन । कम दिएर धेरैको आशा गर्नुहुँदैन ।

२ गुणस्तर संयोग होइन। यो असल नियत, समर्पण र बुद्धिको परिणाम हो ।

३ हामीले के सोच्छौं , के थाहा पाउँछौं र के विश्वास गर्छौं त्यसले खासै फरक पार्दैन। हामीले के गर्छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

४ बिनम्रता महान व्यक्तिको पहिचान हो ।

५ जब प्रेम र कौशल ९ सीप ० ले सँगै काम गर्छन तब उत्कृष्ट कृतिको अपेक्षा गर्नुपर्छ ।

६ धैर्यले नै सफल र असफल व्यक्ति बीचको अन्तिम भिन्नता बनाउँछ ।

७ ज्ञान चाहनुहुन्छ भने कडा परिश्रम गर्नुपर्छ , खाना चाहिए कडा परिश्रम गर्नुपर्छ । यदि खुशी चाहनुहुन्छ भने पनि कडा परिश्रम गर्नुपर्छ । किनभने कडा परिश्रम यहाँको कानुन हो ।

प्रतिक्रिया