मौरिस हर्जोगको यो तस्बिर

सुनिल उलक २०८० असार २ गते ९:०३

यदि यी बालिका कतै छिन् भने असी कटिसकेकी होलिन् ।

मौरिस हर्जोगलाई निकै मनपर्ने तस्विर हो यो । अन्नपूर्ण हिमाल आरोहणको लागी नेपाल आएका हर्जोग र उनको आरोहण टिम निकै दिन सम्म टुकुचेमा नै बसेका थिए ।

हरेक दिन नयाँ योजना बनाइन्थ्यो भोली पल्ट फेरी तुहिन्थ्यो । कहिले मनाङबाट अन्नपूर्ण हिमालको उत्तरी भागबाट चढ्न सकिन्छ कि भनेर अवलोकन गर्न पुग्दथे भने कहिले अन्य बिकल्पहरु सोच्दथे ।

यहि क्रममा करिव ८ दिन सम्म नुहाउन र दाह्री काट्न नपाएका हर्जोग २००७ सालको जेठ ३ गते बिहान उठेर टुकुचे नजिकैको झरनामा नुहाउन मार्सलको साथ निस्किए । जताततै पानी नहुने हुदा गाउँलेहरु पनि नुहाउन कपडा धुन तथा पानी लिन त्यहिँ पुग्दथे ।

त्यसबेला पनि गाउँकी दुई महिला नुहाइधुवाइ गरेर कपडा धोईरहेका थिए । बच्चाहरु पनि खेलिरहेका थिए । एउटी सानी अन्दाजी ८ वर्षकी बालिका हर्जोगको नजिकै उभिएर हर्जोगलाई नियालिरहेकी थिइन ।

रातो रङको पेस्टले दाँत माझिरहेको देखेर दङ्ग परेकी थिइन । साथै प्रयोग गर्ने कोलोन ९अत्तर०को गन्धले पनि उनलाई अनौठो लागिरहेको थियो ।

हर्जोगले बच्चीलाई नजिकै बोलाएर आफ्नो कोलोनले उनको कपालमा छर्किदिए । खुशीले हाँसिरहेकी बालिकाको कपाल काईयोले कोर्दिन थाले । यहि बेला मार्सलले फोटो क्लिक गरिहाले । केही समय पछि मार्सल र हर्जोग झरनाबाट फर्कन लागे ।

बालिका पनि हिडी । हर्जोग निकै बेरसम्म बालिका टाढिएको हेरिरहे । देख्न छोडेपछि फर्किए । त्यस पछि पनि हर्जोगले यि बालिकालाई निकै सम्झिए ।

प्रतिक्रिया