गाँजाखेती : भ्रम र वास्तविकता

जीवन राई २०८० असार २ गते ८:४९
  • गाँजा बहुआयामिक रुपले फाईदाजनक छ । तर यसको बैगुणी केहो भने नशा लाग्न थालेपछि मानिसहरु यसबाट बाहिर निस्कन निकै कठिन छ ।
  • बिगत केही समय देखि यसलाई बैधानिक बनाउनका लागि धेरै मानिसहरु लागेको देखिन्छ । त्यति मात्रै होईन संसदले समेत यसलाई बैधानिकता दिने मार्ग खोलेको देखिन्छ ।
  • तर आम नेपालीजनले भुल्न नहुने कुरा के हो भने यो गैर कानुनी हुदाँको जुन मूल्य छ त्यो मूल्य भनेको प्रहरी, प्रशासन वा अन्य बिबिध तप्कामा रहेर यसलाई ओसर पसरमा लाग्ने मानिसहरुलाई समेत दिने मुल्यका कारण महँगोमा बिक्री भएको देखिन्छ ।
  • यथार्थमा यसको उत्पादनमा लागेका ब्यक्तिले पाउने उच्च मूल्य ७/९ हजार प्रतिकिलो सम्म भएको देखिन्छ । यहीँ कारणले नै नेपाली जनमा गाँजाको खेती भए सबै नेपाली र नेपाल धनी बन्न सक्ने अनुमान गरिएको छ । अहिले गाँजा खुला नभएको अवस्थामा यस्तो परिकल्पना गर्नु किमार्थ गलत छैन । सन २००४ ताका नेपाल डब्लूटीओ ( WTO ) मा प्रवेश गरेपछि हामीले सोच्दै नसोचेको धनी हुने तर्क गर्ने धेरै बिद्वानहरु थिए । तर आज उनीहरु हराए कता छन रु
  • गाँजाको मूल्य भन्दा १० ओैं गुणा धेरै मूल्य आउने जडिबुटी र वनस्पति हरु नेपालमा प्रसस्त्रै छन । कर्णाली प्रदेशमा ५ सय भन्दा बढी बहुमुल्य जडिबुटी रहेको तथ्यांक धेरै पुरानो भईसकेको छ । जसमध्ये अधिकांश गाँजाको भन्दा दोब्बर तेब्बर मूल्य छ र प्रति रोपनी उत्पादन पनि गाँजाको भन्दा बढी देखिन्छ । त्यस प्रकारका जडिबुटी र वनस्पतिको खेती गरिनु बैधानिक पनि छ । तर त्यसको बहस संसदमा अहिलेसम्म भएको देखिन्दैन ।

गाँजाबारेको स्पष्टता :

  • गाँजाको बैधानिकता भएमा प्राय सबै नेपालीले एकपटक हौसिएर सरकारलाई जय जय गर्दै खेती गर्ने छन । तर त्यो खुशी धेरै लामो समयका लागि हुँदैन । कुनै बेला गाँजा नबिक्ने र मूल्य नै नआउने, धेरै सस्तोमा बेच्न बाध्य हुने अवस्था आउछ नै । किनकि नेपालमा कुनै पनि बस्तुको उत्पादनमा समस्या छैन । यसको प्रशोधन, ब्रान्डिङ र बजारीकरणमा समस्या हो ।
  • हामीले अलैंची, अदुवा, बेसार लगायतका धेरै कृषि बस्तुको प्रशोधनमा ध्यान दिन नसक्दा समग्र कृषिमा समस्या देखिएको हो । कृषिमा प्रशोधन उधोगलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने यो गाँजाको बारेमा यतिसम्म रोईलो गर्नुपर्ने थिएन ।

निष्कर्ष :

  • गाँजा खेती लाई बैधानिक बनाउन भन्दा अघि यसलाई कुनस्तरमा प्रशोधन गर्ने रु कहाँ गर्ने रु कस्ले गर्ने रु किन गर्ने ? केका लागि गर्ने रु बेच्ने कहाँ र कसरी ? किन्ने कसले जस्ता बिषयमा स्पष्ट भएर मात्रै बैधानिक बनाउन उपयुक्त हुनेछ ।
  • नत्र हामी कसैको उस्साहट र लहैलहैमा नराम्ररी फस्ने छौ । जो बचेका युवाहरु अहिले लुकीलुकी गाँजा खाईरहेका छन । भोलिका दिनमा यो खुला हुने बितिकै खुलेआम खान थाल्नेछन । जतिबेला हामीले पुर्पुरोमा हात राखेर रुनु बाहेक अरु केही हुनेछैन ।
  • एउटा कुरा हामी नेपालीले बुझ्नै पर्ने बिषय के हो भने नेपालमा गाँजा खेती बैधानिक नभएर गरिब भएको होईन । श्रम, लगनशीलताको अभाव अनि भएको बैधानिक बस्तुहरुको उचित परिचालन र बजारीकरण को अभावले हो । हामीले यतिकुरा बुझ्न सके गाँजा, गाँजा भनेर ९ फिट उफ्रिनु आवश्यक छैन ।

सुझाब :

  • यदि गाँजालाई बैधानिक नै बनाउने हो भने कुनै ठाउँ हरु गाँजा खान पाईने क्षेत्रको रुपमा घोषणा गरेर गाँजा पर्यटनको रुपमा संसारभरका गाँजा पारखीहरुलाई ल्याउन सकिने गरिको परियोजना संचालन गर्न सकिने दुरदर्शिता सहितको बैधानिकता दिदा यसले समग्रमा नेपाल र नेपालीको फाईदा नै गर्नेछ ।

प्रतिक्रिया