राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

नेपालखोज २०८० असार २ गते ११:२१

काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहालले पाएका छन् ।

विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो । यस अघि आयोगका सदस्यहरू मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो ।

त्यो प्रचलन पनि हटाउँदै दाहाललाई एक मात्रै प्रवक्ताको रूपमा आयोगले जिम्मेवारी दिएको हो ।

दाहाल अर्थ मन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघि मात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोसी प्रदेश सरकारका पूर्व अर्थ सचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।

प्रतिक्रिया