आज पिकनिक दिवस 

नेपालखोज २०८० असार ३ गते ११:०९

काठमाडौं । पिकनिकको उल्लेख हुनासाथ बालबालिकादेखि ठूलाबडाको अनुहारमा समेत मुस्कान आउँछ । पिकनिक रमाइलो मनोरञ्जनको यस्तो माध्यम हो जसले सबैलाई उत्साहित बनाउँछ ।

प्राय: पिकनिकहरू बाल्यकालको सम्झनाका सबैभन्दा सुन्दर क्षण हुन् । मानिसहरू परिवार, साथीभाई वा स्कूलबाट पिकनिक जान्छन् ।

पिकनिक प्रायः गरेर प्राकृतिक सौन्दर्यको बीच मनाइन्छ । हामि जुन पिकनिकका लागि यति धेरै उत्साहित हुन्छौं के हामिलाई यसका बारेमा यो जानकारि छ कि प्रत्येक वर्ष एक दिन पिकनिक डे मनाइन्छ ?

पिकनिक दिवस कहिले मनाइन्छ ?

हरेक वर्ष जुन १८ का दिन अन्तर्राष्ट्रिय पिकनिक दिवस मनाइन्छ । यो दिवस फ्रान्सेली क्रान्ति ताका देखि मनाउन सुरु भएको विश्वास गरिन्छ। त्यतिबेला एक किसिमले अनौपचारिक रुपमा घर बाहिर खाना खाने चलन थियो ।

पिकनिक शब्दको अर्थ ?

पिकनिक फ्रान्सेली भाषाबाट आएको शब्द हो । पिकनिक भनेको प्रकृतिको बीचमा बसेर खाना वा बिहानको खाजा खानु हो ।

पिकनिक दिवसको इतिहास

पिकनिक १९ औं शताब्दीको इङ्गल्याण्डमा लोकप्रिय भयो जब त्यहाँ सामाजिक अवसरहरूमा विभिन्न खाद्य वस्तुहरू समावेश गर्न थालियो । पछिका वर्षहरूमा पिकनिकमा मानिसहरू राजनीतिक विरोधका लागि समेत भेला भए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले पोर्चुगलको पिकनिकलाई सबैभन्दा ठूलो पिकनिकका रूपमा रेकर्ड गरेको छ । उक्त पिकनिकमा करिब २० हजार मानिसको सहभागिता थियो ।

पिकनिक डे कसरी मनाउने ?

अहिलेको समयमा साथीभाइ, परिवारजन तथा नजिकका व्यक्तिहरूसँग कुनै सुन्दर र आरामदायक ठाउँमा गएर प्रकृतिको बीचमा पिकनिकको रमाइलो मनाउने चलन छ । पिकनिकलाई सानो यात्रा पनि भन्न सकिन्छ ।

यसमा खाद्यवस्तुहरू प्याक गरेर घरबाटै लाने चलन पनि छ । पार्क वा जंगलमा नाच्दै , गाउँदै तथा विभिन्न खेल खेल्दै पिकनिकको मजा लिइन्छ ।

प्रतिक्रिया