गोठ बगाउँदा दुई जना बेपत्ता
नेपालखोज
२०८० असार ३ गते १२:३९

किमाथाङ्का । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ थियो । घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ । बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ ।
यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया