मंगलबार, जेठ १, २०८१

क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा १० जनाको मृत्यु

नेपालखोज २०८० असार ३ गते १३:२७

याउण्डे । अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन् ।

आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा शुक्रबार रातिदेखि शनिबारसम्म चलेको थियो । मारिनेहरू सशस्त्र पृथकतावादीहरू रहेको र जसले गत सो इलाकामा दर्जनौं महिलाहरूलाई अपहरण गर्ने, यातना दिने गरेका थिए ।

पृथकतावादीहरूले सामाजिक सञ्जालमा ती आरोपहरूको खण्डन गर्दै मृतकहरू लडाकू नभई स्थानीयहरूले चिनेका नागरिकहरू रहेको बताएका छन् ।

गाउँका एक बासिन्दाले नाम नखुलाउने शर्तमा सिन्ह्वालाई आक्रमणको कारण गाउँका सयौं मानिसहरू झाडीतिर भागेका बताएका थिए ।

सन् २०१७ देखि सरकारी सेनासँग द्वन्द्वमा रहेका पृथकतावादीहरूले उत्तरपश्चिम र दक्षिणपश्चिमका दुई अंग्रेजी भाषी क्षेत्रहरूमा स्वतन्त्र राष्ट्र स्थापना गर्ने आशा राखेका छन् ।

प्रतिक्रिया