जिम्बाबेविरुद्ध कीर्तिमानी सतकबाट एक रनले चुके कुशल
नेपालखोज
२०८० असार ३ गते १४:५७

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे ।
टेस्ट राष्ट्रविरुद्ध पहिलो सतकको खुशी मनाउन तम्तयार रहेका नेपालका समर्थकलाई जिम्बाबेका विलिङ्टन मासाकाद्जाले स्तब्ध बनाएका हुन् ।
पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी रह्यो । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
सम्बन्धित

प्रतिक्रिया