मंगलबार, जेठ १, २०८१

अमेरिकी विदेश मन्त्री एन्टनी चीनमा, सुध्रिएला सम्बन्ध ?

नेपालखोज २०८० असार ३ गते १५:३१

एजेन्सी । अमेरिका–चीनबीच पानी लामो समयदेखि ‘पानी बाराबार’ को स्थिति छ। यही स्थितिमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन चीन यात्रामा निस्किएका छन्।

पछिल्ला पाँच वर्षमा अमेरिकी वरिष्ठ नेताको पहिलो चीन यात्रा हो । ब्लिंकन सन् २०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि क्याबिनेटबाट चीन पुग्ने पहिलो मन्त्रीसमेत बनेका छन् ।

ब्लिंकनको फेब्रुअरीमा चीन यात्रा तय भए पनि अमेरिकी वायुक्षेत्रमा चीनको बेलुन देखिएपछि दुई देशबीच तनाव झन् बढेको थियो। अमेरिकाले यसलाई चीनको जासुसी बेलुन भएको भन्दै सैन्य जेटमार्फत खसालेको थियो ।

उता चीनले मौसमको जानकारी लिने बेलुन रहेको बताउँदै अमेरिकाको आरोप अस्वीकार गरेको थियो। यसले थप तनाव बढाएपछि ब्लिंकनको चीन यात्रा रोकिएको थियो ।

उक्त घटनाको पाँच महिनापछि चीन–अमेरिका सम्बन्धबारे चर्चा गर्न ब्लिंकन बेइजिङ पुगेका छन् ।

ब्लिंकनका तीन एजेन्डा

दुई दिवसीय चीन यात्रामा मन्त्री ब्लिंकनले परराष्ट्र नीतिसँग जोडिएका चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नेछन्। चिनिया राष्ट्रपति सी जिनपिङसँग भेट हुने–नहुनेबारे कुनै जानकारी दिइएको छैन ।

चीन–अमेरिकाबीचको तनाव केही वर्षयतादेखि विभिन्न मुद्दालाई लिएर जारी छ। यद्यपि दुवैबीच सहयोगको सम्भावना भने रहेको विश्लेषकहरुको भनाइ छ ।

ब्लिंकनको चीन यात्रा दुई देशबीचको सम्बन्ध सुधार गर्ने र दुवैबीच पुनः कूटनीतिक सम्बन्ध जारी राख्नेबीच हुनेछ ।

यस्तै ब्लिकंनको अर्को उद्देश्य व्यापारसँग जोडिएको समस्यालाई खुकुलो बनाउनेबारे हुनेछ। बाइडेन राष्ट्रपति बन्दा अमेरिका–चीनको सम्बन्धमा निकै उतारचढावको स्थिति थियो । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कैयौँ प्रतिबन्ध लगाएका थिए, जसलाई बाइडेनले हटाउने इच्छा गरेका थिएनन् ।

अझ बाडेन राष्ट्रपति बनेपछि उनका पूर्ववर्ती ट्रम्पभन्दा एक कदम अगाडि बढ्दै गरेका समेत देखिएन । बाइडेनले अत्याधुनिक प्रविधिको दौडमा अमेरिकालाई बलियो बनाइराख्न चीनलाई आवश्यक पर्ने अमेरिकी कम्प्युटर चिप्समा प्रतिबन्ध लगाए । ट्रम्पले चीनमा बनेका सामानको भन्सार दर बढाएका थिए ।

ब्लिंकनले पहिले नै आफ्नो उद्देश्य तनावको जोखिम कम गर्नु रहेको बताउँदै आएका छन् । फेब्रुअरीमा अमेरिकी वायुक्षेत्रमा चीनको बेलुन देखिएपछि तनावको स्थिति बढेकाे थियो । त्यसलाई उनको यो यात्राले केही सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया